एजेन्सी, २९ असार । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ ।
यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टीमा विस्फोटपछि आगलागी हुँदा १२ जना घाइते छन् । विस्फोटका कारण रसायनिक भट्टीका तीन वटा गोदाममा क्षति पुगेको छ । विस्फोटको कारण भने खुलाइएको छैन । यो सन् २०१५ पछि ठूलो विस्फोट हो ।
यसअघि सन् २०१५ मा उत्तरपूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १ सय ७३ जनाको मृत्यु भएको थियो ।