काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले काठमाडाैँ उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ । काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यका भित्र १० वटा भन्दाबढि मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चेतावनी दिए ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले क्षेत्रीय सन्तुलनको आधारमा सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कि नगर्ने स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । सांसद अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मेडिकल कलेज खोल्न सम्बन्धन दिन पाउने व्यवस्था गर्न माग गरे ।
सांसद अधिकारीले वरिष्ठ चिकित्सक गोविन्द केसीले सबै नागरिकको मेडिकल कलेजमा सहज पहुँच पुगोस् भनेर गरेको आन्दोलनलाई निस्तेज पार्न खोजको भन्दै आपत्ति जनाए ।