पोखरा, २५ असार । प्रदेश नम्बर ४ को नाम गण्डकी राखिएको विरोधमा तमुवान मगरात संघर्ष समितिले गण्डकी प्रदेश बन्द गरेको छ । बन्दका कारण कास्की, तनहुँ, पर्वत, बाग्लुङ लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
लामो तथा छोटो दुरीका दुरीका सवारी साधन चल्न सकेका छैनन् । प्रदेशको नाम तमुवान मगरात हुनपर्ने मागसहित संघर्ष समितिले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
समितिले माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्नेे चेतावनी दिएको छ । शुक्रबार प्रदेशसभाको दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको थियो ।




