काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
कांग्रेस सभापति देउवाले आज रामेछाप सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै सरकारमाथि प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर निरंकुशताउन्मुख कदम चालेको आरोप लगाए । उनले राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णयको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि भारत र चीनसँग लम्पसार परेको आरोप लगाए । उनले पार्टीलाई एकढिक्का बनाउन आफू सक्रिय भएको भन्दै अब गुट उपगुट नहुने दाबी गरे ।