पोखरा, २२ असार । प्रदेश नम्बर ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । संसद बैठकमा गरिएको मतदानमा ५६ मध्ये ५४ जनाले गण्डकीको पक्षमा मत राखेका थिए ।
गण्डकी नामको विपक्षमा २ जना मात्रै सांसद उभिएका थिए । नयाँ शक्तिका सांसदहरु हरिशरण आचार्य र धनमाया लामाको मात्रै यो नाममा असहमति जनाएका हुन् । प्रदेश ४ ले यसअघि स्थायी राजधानी पोखरालाई तोक्ने निर्णय गरिसकेको छ । यसअघि प्रदेश ६ ले प्रदेशको नाम कर्णाली प्रदेश राखेको थियो ।