नियुक्ति खारेजको निर्णयपछि बल्ल विवरण शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नियुक्ति खारेजको निर्णयपछि बल्ल विवरण शुरु

gokul baskota

काठमाडौं, २२ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयपछि मात्रै सरकारले खारेज हुने नियुक्तिहरुको विवरण संकलन गर्न थालेको छ ।

बुधबारको निर्णय नीतिगत मात्र भएको र निर्णय कार्यान्वयनका लागि विवरण संकलनको काम शुरु भइसकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बास्कोटाले खुला प्रतिष्पर्धाबाट भएका भदौ १४ पछिका नियुक्ति समेत खारेज हुने बताएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएका अवस्थामा खुला प्रतिष्पर्धाबाट नियुक्ति हुनु पनि आचारसंहिताविपरीत भएको र चचुनावबाट नयाँ जनमत आएपछि खुला प्रतिस्पर्धाको नतिजा निकाल्न हतारो गर्नु नैतिक रुपमा ठीक नभएको मन्त्री बास्कोटाको तर्क छ । नियुक्ति बदर गर्नुअघि विशेषज्ञको नियुक्ति हो कि राजनीतिक केलाउने र त्यसपछि यसबारे निर्णय लिने बास्कोटाले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);