काठमाडौं, २१ असार । माउण्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारका मन्त्रीहरु मात्र नभएर प्रधानमन्त्रीसमेत हचुवा अभिव्यक्तिमा केन्द्रित देखिएको बताए । तथ्य, तथ्यांकविना सरकार बोलिरहेको छ, प्रधानमन्त्री त झनै हचुवा बोल्दै छन् । थापाले प्रश्न गरे, प्रधानमन्त्रीले भन्दैमा समृद्धि आउँछ, प्रधानमन्त्रीले भन्दैमा सरर रेल आउँछ , के हो आउँने आधार ? सरकारले चिकित्सा शिक्षा अध्यादेशमा कमा, फूलस्टप पनि परिवर्तन गर्न नपाउने बताएका छन् । डा.केसी विरुद्ध संख्याको बलमा चिकित्सा विधेयक पास गर्न खोजे ठुलो दुुर्घटना हुने उनले बताए । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका सांसद गगन थापासँग गरेको कुराकानी हेर्नुहोस् :