बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

budigandaki

काठमाडौं, २० असार । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो । आजको कारोबारमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);