मानसरोवर गएका १५ सय भारतीय तीर्थयात्री अलपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

मानसरोवर गएका १५ सय भारतीय तीर्थयात्री अलपत्र

सांकेतिक तस्वीर

काठमाडौं, १९ असार । कैलाश मानसरोवरको दर्शनका लागि गएका १ हजार ५ सय भन्दा धेरै भारतीय तीर्थयात्री फसेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

अविरल बर्षाका कारण सडक अवरुद्ध हुँदा दर्शनका लागि मानसरोवर पुगेका १ हजार ५ सय भन्दा धेरै भारतीय तीर्थयात्री फसेका हुन् । ५ सय २५ र्तीथयात्री सिमिकोटमा, ५ सय ५० तीर्थयात्री हिल्सामा र ५ सय तीर्थयात्री तिब्बततर्फ फसेको भारतीय दुतावासले जनाएको छ ।

ती मध्ये दुई जनाको मृत्यु भएको छ । भारतको केरलाका ५६ वर्षीय नारायणम लिलाको हुम्ला सिमकोटस्थित एक होटलमा र आन्ध्र प्रदेशकी सत्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यसैबीच भारत सरकारले फसेका तीर्थयात्रीलाई उद्दारको लागि सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले ट्वीटरमा ट्वीट गर्दै फसेका भारतयि तीर्थयात्रीको उद्दारका लागि सहयोग गर्न आग्रह गरेकी छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);