पाल्पा, १९ असार । पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा रहेको जडिबुटी प्रशोधन उद्योग अलपत्र भएको छ ।
विगत पाँच बर्षदेखि जडिबुटी प्रशोधन उद्योग बन्द हुदा उद्योगमा रहेका सामाग्री बिग्रन थालेको छ । तितेपाति, काउलो हर्राेबर्राे, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रा लगायतका जडिबुटी प्रशोधन गर्ने उद्देश्यले उद्योग खोलिएको थियो ।
तर जुडिबुटीको उपयोगिता पत्ता नगाउन नसकेकाले उद्योग बन्द भएको हो । स्थानीयले जडिबुटीको उपयोगिताबारे अध्ययन गरेर उद्योग संचालन गर्न माग गरेका छन् ।