इलामको शाखेजुङमा नयाँ चिया प्रशोधन उद्योग सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलामको शाखेजुङमा नयाँ चिया प्रशोधन उद्योग सञ्चालनमा

इलाम, १७ जेठ । इलाम नगरपालिका १ शाखेजुङमा नयाँ चिया प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गत तीन महिना अगाडीबाट निर्माण सुरु गरिएको ग्रीनभ्याली टी प्रालि चिया उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । करिव पाँच करोडको लगानीमा सुरु भएको चिया प्रशोधन उद्योगले दैनिक ६ देखि सात क्वीन्टल हरियो चिया प्रशोधन गर्न सक्ने अध्यक्ष विपिन बस्नेतले जानकारी दिनुभयो ।

उनका अनुसार इलाम नगरपालिका १ र देउमाई नगरपालिकाका विभिन्न क्षेत्रबाट चिया संकलन गरिने छ । हाल सुरुवाती चरण भएकाले एक प्रकारको मात्र चिया प्रशोधन गरिने सञ्चालकले जनाएको छ ।  आगामी दिनहरुमा अन्य प्रकारको समेत चिया उत्पादन गरिने बताइएको छ । पछिल्लो समय चिया उद्योग खुल्ने क्रम बढ्दो छ । इलाममा मात्र साना ठुला गरेर एक सय बढि चिया उद्योग सञ्चालनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);