एकदिने आँखा शिविरबाट ३ सय भन्दा धेरै लाभान्वित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

एकदिने आँखा शिविरबाट ३ सय भन्दा धेरै लाभान्वित

रौतहट, १८ असार । रौतहटको बौधीमाई नगरपालिकामा एकदिने आँखा शिविरमा ३ सय भन्दा धेरैले उपचार गराएका छन् । एकदिने आँखा शिविरमा ३ सय ५० जनाले आँखा जाँच गराएका हुन् । आँखा जाँच गराएका मध्ये ४० जनामा मोती बिन्दु भेटिएको चिकित्सकले जनाएका छन् ।

बिरामीलाई आँखामा हाल्ने औषधी, चस्मा र खाने औषधी वितरण गरिएको छ । शिविरको उद्घाटन बौधीमाई नगरपालिकाका उपप्रमुख प्रेमलता कुशवाहाले गरेका थिए । आर्थिक अवस्था कमजोर भएकाको परिवारलाई राहत दिने उद्देश्यले आँखा शिविर संचालन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);