काठमाडौं, १७ असार । संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लम्बिँदै गएको छ ।
सहमतिबाट दलका नेता चयन गर्ने कि चुनावी प्रक्रियामा जाने भन्ने विषयमा राजपाका अध्यक्षमण्डलका सदस्यबीचमै विवाद उत्पन्न भएको छ । आगामी वैशाखमा राजपाको पहिलो महाधिवेशन हुँदैछ । राजपाको संसदीय दलको नेता महाधिवेशनपछि पार्टी अध्यक्ष हुने सम्भावना भएकाले पनि दलका नेता हुन ठाकुर र महतोले आकांक्षा देखाएका हुन् आजको नागरिक दैनिकमा यो खबर छ ।