हिमालतिर चढ्दै कालाजार | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

हिमालतिर चढ्दै कालाजार

kalajar

काठमाडौं, १६ असार । तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ।

नेपालमा सन् १९८६ देखि कालाजार फेला परेको हो । प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाका अनुसार तीन वर्षयता हुम्ला, मुगु, बाजुरा, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा पनि कालाजारका बिरामी भेटिएका छन् । ओखलढुंगा, प्युठान, पाल्पा, सुर्खेत, भोजपुर लगायतका जिल्लामा केही वर्षदेखि कालाजार बढ्दै गएको छ ।

सेनफ्लाइ भन्ने भसुुनाले टोकेपछि मानिसमा कालाजार संक्रमण हुन्छ । यो संक्रमण शरीरमा प्रवेश गरेपछि कलेजो, फियो हुँदै रगतका सेलहरूमा समेत पुगेर क्षति गर्छ । सेनफ्लाइ भुसुनाले लेसमिनियासिस नामक परजीवि सार्छ।

यो भुसुना गोबर, गुइँठा, गोठ, चिरा परेका पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, कच्ची घर तथा गाईवस्तु र मान्छेसँगै घरमा बस्छ । यो भुसुनाले टोकेको दुईदेखि ६ महिनाभित्र लक्षण देखिन्छन् । यो भुसुना फैलिने उपयुक्त तापक्रम १६ देखि ३० डिग्री हो । यो भुसुना फागुनदेखि असार-साउनसम्म बढी सक्रिय हुन्छ ।

चालू आर्थिक वर्ष अर्थात् सन् २०१८ को मार्चदेखि हालसम्म मात्र कालाजारका ६० बिरामी भेक्टर नियन्त्रण शाखामा दर्ता भएको तथ्यांक छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);