जलवायु परिवर्तनका कारण २१ वटा नयाँ रोग देखियो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

जलवायु परिवर्तनका कारण २१ वटा नयाँ रोग देखियो

jalbayu pariwartan

काठमाडौं, १२ भदौ । स्वास्थ्य मन्त्रालयले जलवायु परिवर्तनका कारण विश्वमा बिभिन्न २१ वटा नयाँ रोगहरु देखापरेका जनाएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रमान श्रेष्ठले जलवायु परिवर्तनका कारण नयाँ रोगहरुको प्रकोप बढ्दै गएका बताउनुभयो । उहाँले पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका र त्यसले मानवीय स्वास्थ्यमै चुनौती थपिदै गएको उल्लेख गर्नुभयो ।

श्रेष्ठले सिमित मुलुकमा देखिदै आएको डेंगु ८÷ १० बर्ष भित्र विश्वका २५देखि ३० वटा मुलुकमा पुगेको बताउनुभयो । उहाँले ती रोगहरुको प्रभाव न्युनिकरणका लागि गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल हुनुपर्ने आवश्कता औल्याउनुभयो ।

श्रेष्ठले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);