काठमाडौं, १५ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसदहरुले प्रदेश र स्थानीय तहमा रहेका कतिपय आयोजना केन्द्रमै तान्नुपर्ने मागसहितको सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उक्त प्रस्ताव संघीयताविरोधी भनदै चर्को विरोध गरेको छ । विकास निर्माणका कामलाई तिब्रता दिन भन्दै विहीबार प्रतिनिधिसभामा नेकपाले चालु अवस्थाका योजनलाई स्थानीय र प्रदेश सरकारले कार्यान्वयन गर्न नसक्ने भन्दै केन्द्रले नै हेर्नुपर्ने मागसहित प्रस्ताव पेश गरेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।