बुटवल, १४ असार । प्रदेश ५ को सरकारले प्राकृतिक विपत्तिमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत रुकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विपत्ति सम्बन्धि मापदण्ड कार्यविधि पारित गर्दै विपत्तिमा मृत्यु भएकको परिवारलाई १ लाख दिने निर्णय गरेको हो ।
पारित मापदण्ड कार्यविधिमा विपत्तिमा घर नष्ट भएमा ३५ हजार, बाहलमा बसेकालाई १० हजार, कृषकलाई बिउ खरिदका लागि १० हजार, व्यवसायमा क्षति भएमा ५० हजार उपलब्ध गराउने उल्लेख छ ।
त्यस्तै बैठकले प्रदेश लोकसेवा आयोग गठन सम्बन्धि र मुख्य न्यायाधिवक्ताको सेवा सुविधा सम्बन्धि विधेयक प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।