कलंकी–नागढुंगा सडक विस्तारका क्रममा घर, टहरा हटाउने सरकारको निर्णय खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

कलंकी–नागढुंगा सडक विस्तारका क्रममा घर, टहरा हटाउने सरकारको निर्णय खारेज

काठमाडौं, १४ असार । सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक खण्ड विस्तारका क्रममा घर, टहरा हटाउने सरकारको निर्णय खारेज गरि दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको बिहिबार बसेको पूर्ण इजलासले सो सडक खण्ड विस्तारका क्रममा घर टहरा हटाउने सरकारको निर्णय खारेज गर्दै उनीहरुको जग्गाको मुआब्जासहित उचित क्षतिपूर्ति दिन पनि सरकारलाई परमादेश दिएको छ ।

संविधान, कानुन र सडक विस्तारसम्बन्धि ऐन विपरित कलंकी–नागढुंगा सडक खण्ड विस्तारको क्रममा घर टहरा हटाउने नेपाल सरकारको सचिव स्तरीय सो निर्णय खारेज गर्दै पीडित पक्षलाई जग्गाको मुआब्जा र उचित क्षर्तिपूर्ति दिन परमादेश दिइएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

त्रिभुवन राजपथमा रहेको सो सडक खण्ड विस्तारको क्रममा सडक वरपर रहेका घर, टहरा हटाउने सरकारको निर्णय कुनै पनि दृष्टिले कानुनसम्मत नभएको पूर्ण इजलासको ठहर छ ।

कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न आदेश

त्यसैगरी सर्वोच्चले कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । त्यसैगरी कानुन बमोजिम जग्गा प्राप्त गरेर मात्रै सडकको सीमा तोक्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिइएको छ ।

सर्वोच्च अदालतले आवास क्षेत्रबाट सडकको सीमा निर्धारण गर्दा बालबालिकाको शिक्षाको हकलाई समेत उचित ध्यान दिन पनि सरकारलाई आदेश दिएको छ ।