बजेटका कारण मुल्यवृद्धि भयो भन्नु गलत : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बजेटका कारण मुल्यवृद्धि भयो भन्नु गलत : अर्थमन्त्री

yubraj dai

काठमाडौं, १४ असार । अर्थमन्त्री युवराज खतिवडाले बजेटका कारण बजारमा मुल्य वृद्धि भएको भन्ने विषयमा सत्यता नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रालयको विनियोजित बजेटमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै बजेटका कारण मुल्यवृद्धि भयो भन्नु गलत भएको बताएका हुन् ।

स्वास्थ्यलाई र वातावरणलाई प्रतिकुल असर पुग्ने सामान आयातमा मात्रै भन्सार वृद्धि, अन्तशुल्क र करको दायरा वृद्धि गरिएको भन्दै उनले मुल्य बढ्यो भन्नु बजारलाई बजेटको प्रभावको प्रतिकुल असर देखाउन गरिएको दुष्प्रयास मात्रै भएको टिप्पणी गरे ।

सामान अभाव र कार्टेलिङ गरि बजार मुल्य बढाउने प्रवृतिलाई निरुत्साहीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै बस्तु बजारको कार्टेलिङ रोकि मुल्यवृद्धिलाई रोक्न सरकार अघि बढ्ने उनले बताए ।

कतिपय साना क्षेत्र र कृषि लगायतका क्षेत्रलाई करको दायराबाट बाहिर राखेको भन्दै उनले बजेटले मुल्यवृद्धि भयो भन्नु गलत भएको बताए ।

केन्द्रमा साना आयोजना राखियो भन्ने तर्क र हाम्रा आयोजना एउटा पनि परेनन् भनेर जिल्लाका आयोजना केन्द्रमा खोज्नु विरोधाभाष भएको अर्थमन्त्रीले टिप्पणी गरे ।

पहिलो पटक संघीय वित्तिय प्रणाली अनुसारको बजेट विनियोजन गर्दै गर्दा सरकारले जनसंख्या, भुगोल, मानव विकास सुचकांक, विकासको अवस्था र दुर्गमताका विषयलाई आधार बनाएको स्पष्ट पारे । उनले समानिकरण अनुदार दिने सन्र्दभमा भने खर्चको आवश्यकता र राजश्वको स्थितिलाई हेरेर गरिएको बताए ।

बजेट विनियोजन गर्दा दुर्गम, भुगोल जनसंख्या र मानव विकास सुचाङकलाई आधारमा नराखिएको भन्दै बजेट विनियोजनका सन्दर्भमा सांसदहरुले चर्को आलोचना गरेका थिए ।

बैक तथा वित्तिय क्षेत्रको निक्षेप र ऋणको व्याजदरको फरकलाई निश्चित सिमाभित्र राख्नुपर्छ भनेर निर्णय गरिएको उल्लेख गर्दै उनले व्याजदरका कारणले लगानी निरुत्साही नहोस् भन्ने तर्फ सरकार सजग रहेको बताए ।

अर्थमन्त्री खतिवडाले बजारमा सुनेको कुरालाई कार्यान्वयन गर्दै सरकार नहिड्ने भन्दै प्रतिपक्षी दलका सांसदलाई ओठे जवाफ दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको हितलाई केन्द्रविन्दुमा राखेर ६५ बर्ष उमेरका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने, भुकम्प प्रभावितलाई थप एक लाख दिने र क्यान्सर, मिर्गौला लगायत रोगबाट पीडीतलाई जीविकोपार्जनका लागि प्रति महिना ५ हजार दिने सम्बन्धी निर्णय किन कार्यान्वयन गरिएन भनि प्रश्न सोधेका थिए ।

सोही प्रश्नको जवाफ दिदै अर्थमन्त्रीले भने “हामीले अखबारबाट सुनेको हौ, यि कुराहरु सञ्चारमाध्यममा सुनिएको हो । सरकारको अभिलेखमा छैन । सरकारको अभिलेखमा नभएको विषयलाई सरकारले कसरी लिन्छ ? तर बजारमा सुनेको कुरालाई कार्यान्वयन गर्दै यो सरकार हिंड्दैन ।”

सत्तापक्षकै सांसदले बजेटको बारेमा गरिएको टिप्पणीलाई सकारात्मक रुपमा लिएको भन्दै उनले संसदबाट बजेट पास हुने वित्तिकै कार्यान्वयनको खाका बनाएर अघि बढाईने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);