नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो

narayan ghat muglin road pahiro

काठमाडौं, १३ असार । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो सयौं सवारी साधन अलपत्र परेका छन् ।

चारकिलोमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि नारायणगढ—मुग्लिन सडकखण्ड अबरुद्ध भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने र मध्यान्नसम्म सडक सञ्चालनमा आउने छ । उक्त सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।

मंगलबार दिउँसो ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आज बिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डमा कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);