दाङमा ४५ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँच बाहिर | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

दाङमा ४५ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँच बाहिर

khane pani

दाङ, १२ असार । दाङमा ४५ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँच भन्दा बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार ४५ प्रतिशत नागरिक खानेपानीको पहुँच भन्दा बाहिर रहेका हुन् । झण्डै ६ लाख जनसख्या रहेको दाङमा २ लाख ७५ हजार नागरिक खानेपानीबाट बञ्चित छन् ।

दैनिक ३ करोड लिटर पानीको माग भएपनि २ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ । खानेपानीको चरम अभाव हुँदा पनि सरोकारवाला निकायले चासो नदिएको उपभोक्ताको गुनासो छ ।

खोलाहरुमा जथाभावि उत्खनन्, वढदो औद्योगिकरण, अव्यवस्थीत बसोवास र वन बिनासको कारण पानीको मुहान सुकेपछि खानेपानीको अभाव भएको हो । पानीको स्रोत संरक्षणमा दीर्घकालिन योजना नबनाउँदा समस्या भएको सरोकारवालाको भनाइ छ ।

खानेपानी आयोजनाको लागि दाङमा झण्डै ३ अर्बको लगानी भएपनि उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);