विद्युतको विकल्पमा सौर्य प्लान्ट जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विद्युतको विकल्पमा सौर्य प्लान्ट जडान

चितवन, १५ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ मा सञ्चालित मेघौली साना शहरी खानेपानी तथा सरसफाई परियोजनालाई दिगो रुपमा सञ्चालनमा ल्याउन विद्युतको विकल्पमा सौर्य प्लान्ट जडान गरिएको छ । १ सय किलोवाटको सोलार प्लान्ट जडान गरिएपछि मासिक करिब ९० हजार लाग्ने गरेको बिजुलीको बिल अहिले २५ हजारमा झरेको छ ।

खानेपानी तथा सरसफाई परियोजना, चितवनका अध्यक्ष शिव भुर्तेलले बताउनु भयाे । १ करोड ५१ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ कुल लागतको सौर्य प्लान्टमा क्लिनिक नेपाल संस्थाको तर्फबाट १ करोड ९ लाख ४० हजार ८ सय २७ र नगर विकास परिषदको तर्फबाट अनुदान स्वरुप ५४ लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । खानेपानी परियोजनासँगै अहिले सौर्य उर्जा उत्पादनको काम समेत सुरु गरिएपछि भरतपुर महानगरका वडा नम्बर २६, २७ र २८ मा खानेपानीको समस्या समाधान मात्रै भएको छैन यो परियोजनाको भविश्य पनि दीगो र सुनिश्चित भएको क्लिनिक नेपालका व्यवस्थापक सुमन पौडेलले बताउनु भयाे ।

महानगरका ३ वडाका १८ सय ५९ घरधुरीको खानेपानीको समस्या अहिले समाधान भएको छ । विगतमा बाध्यताले दुषित खानेपानीको प्रयोग गर्न बाध्य स्थानीय शुद्ध पानी पिउने सुविधा पाएका छन् । यस क्षेत्रमा खानेपानी परियोजाना संचालनले उज्यालोसंगै शुद्ध पानीको लागिमा सुविधा प्राप्त भएको छ । दीगो विकासको अवधारणा अनुसार जडित प्लान्टले समग्र वडाको दीगो विकासको लागि समेत सघाएको छ । वागमती प्रदेशका सांसद कृष्णप्रसाद भुर्तेलले बताए । वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जालाई लिइएकोछ ।वैकल्पिक उर्जा सौर्य उर्जाको माध्यमबाट वडामा संचालित शहरी खानेपानी आयोजनालाई समेत सघाएको छ । विद्युतीय खर्च भन्दा पनि कम खर्च आउन थालेपछि यस्लाई नमुनाको रुपमा हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);