हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

hawabata bijuli

पाल्पा, १४ फागुन ।  जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ। गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत् उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट (२५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ।

रुक्सेभन्ज्याङमा पीडा नेपालको प्राविधिक सहयोगमा कापेक संस्थाले हावाबाट विद्युत् निकाल्ने काम गरेको हो। यसका लागि तीन वर्षअघि काम सुरु भएको थियो। जसमा जर्मनीको विसिन्सले समेत सहयोग पु¥याएको छ। आठ लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकालिएको हो। १ हजार २ सय वाट विद्यत्मध्ये ६ सय वाट हावाबाट र ६ सय वाट सौर्य ऊर्जाबाट निकालिएको हो। यो योजना कम्तीमा पनि पाँच वर्षसम्म सञ्चालन हुनेछ। निस्दी गाउँपालिका–४, वडा कार्यालय र मित्याल स्वास्थ्यचौकीमा यो विद्युत् प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए।

हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गर्न सफल भएपछि थप २५ किलोवाट उत्पादन कार्य अघि बढाइएको छ। निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले हावा र सौर्य शक्तिबाट विद्युत् निकाल्न सफल भएको बताए। उनले भने, ‘निस्दीका धेरै स्थानमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छैन। केही ठाउँमा लघु जलविद्युत्बाट विद्युतीकरण भएको छ। अहिले हामीले १ सय ६५ घरधुरीमा वायुबाट विद्युतीकरण गर्दैछौं।’

अध्यक्ष सारुले वैकल्पिक ऊर्जा केन्द्रसँगै मिलेर गाउँपालिकाले वायुबाट विद्युत् उत्पादन गर्न थालेको हो। उनले गाउँपालिकाको ४२ लाख रुपैयाँ र बाँकी वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा थप २५ किलोवाट विद्युत् निकाल्न थालिएको बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);