जहाँ लाइसेन्स किन्न पाइन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

जहाँ लाइसेन्स किन्न पाइन्छ

smart-driving-licenses-in-nepal

जनकपुर, १४ फागुन । ‘तपाई सीसी क्यामेराको निगरनीमा हुनुहुन्छ’ जनकपुरस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ। सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ।

सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस÷रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४-५५०६६८ मा फोन गर्नुहोला।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन्। तर, उनीहरूले घुस खान छाडेका छैनन्। घुस माग्ने नयाँ-नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन्।

पहिला कर्मचारी सेवाग्राहीसँग हाकाहाकी घुस माग्थे। टेबुलमुनिबाट लिन्थे। घुस नदिए फाइल नै अड्काइदिन्थे। यातायात कार्यालय सीसी क्यामेराको निगरानीमा आएपछि कार्यालय परिसरबाहिरबाटै घुस सेटिङ हुन्छ। कार्यालय प्रवेशद्वारमा भेटिएका बिचौलिया भन्दै थिए ‘अब भित्र घुस चल्दैन, सीसी क्यामेरा जडान भएको छ।’

कार्यालयमा न नागरिक बडापत्र राखिएको छैन। खानेपानीका लागि बनाइएको कल बिग्रिएको छ भने लेखाफाँट अगाडि सेवाग्राही उभिने झ्यालमाथि बिजुलीका तार असरल्ल छ। कार्यालय डुंगडुंगी गन्हाएको छ। चुरोट, पानपराग, गुटखा र मदिराका बोतल छरपस्ट भेटिन्छन् । गुटखाको पिकले पर्खाल कुरुप बनेका छन्।

कार्यालय प्रमुख श्यामकुमार सिंहको कार्यकक्ष अगाडि इलोक्ट्रोनिक हाजिरी मेसिन राखिएको छ। तर, त्यसले काम गर्दैन। कार्यालय प्रमुख पनि बाहिरै थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);