राष्ट्रिय आम संचार प्राधिकरण गठन गर्न महासंघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय आम संचार प्राधिकरण गठन गर्न महासंघको माग

काठमाडौं, १२ असार । नेपाल पत्रकार महासंघले आमसंचार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आम संचार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समिति जस्ता सरकारी संचार माध्यमलाई पनि नियमन गर्न आवश्यक निकायको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछाडि परेका समूदायलाई अघि बढाउने नीतिका साथ आम संचार प्राधिकरण गठन गर्न लागिएको बताए ।

महासंघका अध्यक्ष आचार्यले महिला, जनजाति र पिछडिएका क्षेत्रको आम संचारलाई विशेष सहुलियतको व्यवस्था गर्न पनि सरकारको पटक–पटक ध्यानाकर्षण गराइएको बताए । नेपाल पत्रकार महासंघले सरकार आफैले आम संचारको अनुगमन गर्ने योजना ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);