सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विकासले गति लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विकासले गति लियो

दिपेश दाहाल
सुर्खेत, ११ असार । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विकासका कामले तिव्रता पाएको छ । वडा कार्यालय र स्थानीयको सहयोगमा विकासका कामले गति लिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ मा एक बर्षको अवधिमा सडक कालोपत्रे देखि पार्क, मन्दिर निर्माण भएका छन् । वडा कार्यालयको ८० लाखको बजेटमा विकास निर्माणको काम गरिएको हो । विकासले गति लिएसँगै सथानीय हर्षित भएका छन् ।

त्यस्तै बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बाल उद्यान पनि निर्माण गरिएको छ । उद्यानमा आदिकवि भानुभक्त आचार्यको सालिक समेत बनाइएको छ ।

तर बजेटको अभावमा सोचे अनुसार काम गर्न नसकिएको कार्यालयको भनाइ छ । एक बर्षको समयमा थोरै बजेटमा पनि सो वडाले विकासका काम गर्न सफल भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);