काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र समझदारीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै छन् ।
प्रधानमन्त्री ओलीले छ दिने चीन भ्रमणबाट फर्किएको भोलिपल्ट आज अपरान्ह सम्झौताबारे प्रतिनिधि सभालाई जानकारी गराउन लागेका हुन् । ओलीको चीन भ्रमणका क्रममा दुई देश र दुई देशका लगानीकर्ताबीच २२ वटा सम्झौता भएको थियो । बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले अपरान्ह २ बजेपछि सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
बैठकमा अहिले भौतिक पूर्वाधार तथा यातायात, गृह र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको बजटमाथि दफाबार छलफल भइरहेको छ । बजेटमाथिको दफाबार छलफल आज सक्ने तयारी छ ।





