गुट–उपगुटका कारण पार्टी कमजोर बन्यो : महत | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

गुट–उपगुटका कारण पार्टी कमजोर बन्यो : महत

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले गुट–उपगुटका कारण पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । शनिबार रामेछापको मन्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतले गुट–उपगुट र आन्तरिक व्यवस्थापन मजबुद नहुँदा पार्टी कमजोर भएको बताएका हुन् ।

उनले अब आन्तरीक व्यवस्थापन गर्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबीसमेत गरे । उनले निर्वाचनमा पराजित हुनुमा नेतृत्व दोषी रहेको दाबी गरे । फरक प्रसंगमा उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता पुरानै भएको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);