सरकारको अप्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन गर्ने डा. केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

सरकारको अप्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन गर्ने डा. केसीको चेतावनी

govinda kc

काठमाडौं, ९ असार । डाक्टर गोविन्द केसीले सरकारको गैह् प्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिएका छन् । अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्र विरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे । उनले गैह् प्रजातान्त्रिक काम हुन नदिने उद्घोष गरे ।

समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको उनको तर्क थियो । शिक्षा र स्वास्थयमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको उनले आरोप लगाए ।

डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर व्यक्ति हत्याको राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर, गंगामायाको माग पुरा गर, अपराधीलाई गिरफ्तार गर, गुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);