तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रम पहिरोको जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रम पहिरोको जोखिममा

galeshwor aasram

काठमाडौं, ७ असार । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको गलेश्वर आश्रम पहिरोको जोखिममा परेको छ ।

केहि दिनअघि आश्रमको ५० मिटर जमिन भासिएपछि पहिरोको जोखिममा परेको हो । गत साउनमा पहिरोका कारण आश्रम वरिपरिका ९ वटा कुटी क्षतिग्रस्त भएका थिए । पहिरोले क्षति भएको कुटीको पुन ः निर्माण नहुँदै फेरि जोखिममा परेको हो ।

चितवन नवलपुर र तनहुँको सिमानामा पर्ने भएकाले पहिरोको जोखिम निययन्त्रण गर्न सम्बन्धित निकायलाई जानकारी गराएपनि चासो नदिएको आश्रमका कार्यालय सचिव महेन्द्रराज प्याकुरेलले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);