'भूकम्पीय जोखिम न्यूनिकरणका लागि नीति तथा योजना बनाउन सुरु' | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

‘भूकम्पीय जोखिम न्यूनिकरणका लागि नीति तथा योजना बनाउन सुरु’

rambahadur thapa

काठमाडौं, ४ असार । सरकारले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना बनाउन सुरु गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना तय गर्न सूरु गरिएको जानकारी दिए । सोमबार काठमाडाैँमा सुरु भएको भूकम्पीय जोखिम व्यवस्थापनसम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि सरकारले आवश्यक ऐन, कानुनमा पनि संशोधन गर्ने योजना अघि सारे ।

गृहमन्त्री थापाले मानवीय गतिविधिकै कारण प्राकृतिक विपत्ति आईपर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्न सरकार केन्द्रित हुने दावी गरे ।

गृहमन्त्री थापाले नेपालमा हरेक वर्ष सडक दुर्घटनाकै कारण सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पीय जोखिम न्यूनिकरणका सम्बन्धमा ठोस धारणा तय हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);