एजेन्सी, ३ असार । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।
काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा स्कुलका विद्यार्थीले गरिरहेको पार्टीमा विवाद भएपछि अश्रुग्यास प्रहार गरिंदा भागदौड मच्चिएको हो । विद्यार्थीहरुले स्कुल सकिएको खुशीमा पार्टी गरेका थिए । पार्टीका क्रममा विवाद भएपछि अचानक अश्रु ग्याँस प्रहार गरिंदा ५ सयभन्दा बढीको भागदौड मच्चिएको र १७ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । अश्रु ग्यास प्रहारमा संलग्न भएको आशंकामा सात जनालाई पक्राउ गरिएको छ ।