खलमान खानसहित पाँच कलाकारविरुद्ध अमेरिकामा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

खलमान खानसहित पाँच कलाकारविरुद्ध अमेरिकामा मुद्दा दायर

salman-khan

काठमाडौं, १ असार । भारतीय अभिनेता सलमान खानसहित पाँच बलिउड स्टारविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । उनीहरुले पैसा लिएर कन्सर्टमा भाग नलिएको र फिर्ता पनि गर्न नमानेको आरोप लगाइएको छ ।

भारतीय अभिनेता सलमानसहित क्याटरिना क्याफ, सोनाक्षी सिन्हा, प्रभुदेवा र रणवीर सिंहविरुद्ध अमेरिकामा मुद्दा दर्ता भएको हो । यी स्टार कलाकारसँगै म्याटिक्स इन्डिया इन्टरटेन्मेन्ट प्रालि र यशराम फिल्मविरुद्ध पनि मुद्दा परेको छ ।

यो मुद्दा भाइब्रेट नामको मिडिया ग्रुपले दर्ता गराएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय सिनेमाको सय वर्ष पुगेको उपलक्ष्यमा सन् २०१३ सेप्टेम्बरमा कन्सर्टको आयोजना गरिएपनि सल्मानका कारण उक्त कार्यक्रम रद्द गरिएको उजुरीमा भनिएको छ ।

त्यतिबेला सल्मानलाई कालो हरिण प्रकरणका कारण बिदेश जान प्रतिबन्ध लगाइएको थियो । उजुरीअनुसार कार्यक्रम रद्द भएपछि सल्मानसहितका कालाकारले कार्यक्रमका लागि लिएको रकम फिर्ता गरेनन् ।

पैसा फिर्ता माग्दा उनीहरुले कुनै जवाफ नदिएको उजुरीकर्ताको गुनासो छ । सलमान खानलाई त्यतिबेला एड्भान्समा २ लाख अमेरिकी डलरभन्दा बढी दिइएको उजुरीमा उल्लेख छ । सोही कार्यक्रमका लागि क्याटरिनालाई ४० हजार डलर, सेनाक्षीलाई ३६ हजार डलर दिइएको थियो ।

तर, कार्यक्रम रद्द भएपछि उनीहरुले पैसा फिर्ता गरेनन् । यस्तै अक्षय कुमार, उदित नारायण झा, अलका याग्निक र उषा मंगेशकर विरुद्धप नि उजुरी परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);