समाजिक संजालमार्फत चिट्ठाको ठगी बढ्दो | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

समाजिक संजालमार्फत चिट्ठाको ठगी बढ्दो

viber thagi

अप्सरा लामिछाने
काठमाडौं, १ असार
। पछिल्लो समय चिट्ठाको प्रलोभनमा टेलिफोन, इमेल र भाइबरमार्फत सार्वसाधारण ठगिने क्रम बढेको छ । दुबई, नाइजेरिया, बंगलादेश र भारतबाट स्मार्टफोन प्रयोगकर्ताको मोबाइलमा भाइबर चिट्ठाको नक्कली प्रमाणपत्र पठाएर ठगी धन्दा भइरहेको हो ।

इमो, भाईवर, मेसेन्जर, इमेलजस्ता समाजिक संजालमार्फत चिट्ठाको लोभ देखाएर ठगी गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । केही वर्षअघिसम्म छिटफुटरुपमा हुने यही प्रकृतिको ठगीका घट्ना पछिल्लो समय निकै बढेको छ । चिट्ठाको लोभमा सर्वसाधरणदेखि व्यवसायीसमेत ठगहरुको शिकार बनेका छन् ।

सिमकार्डमा दर्ता भएको नाममा तपाईंलाई चिट्ठा परेको र बैंकमा खाता खोल्न लगाएर चिट्ठाको १ प्रतिशत रकम जम्मा गरिदिन भन्दै सर्वसाधारण ठगिने क्रम बढेपछि दूरसंचार सेवाप्रदायक नमस्ते र एनसेलले आफ्ना ग्राहकलाई सूचनामार्फत नै सचेत गराएका थिए ।

यस्ता किसिमका घटना दिनप्रतिदिन बढदै गएकाले समाजिक संजालबाट सर्वसाधरणले बढी सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);