घरजग्गा कारोबारमा उच्च व्याजदर तोकेको भन्दै सिभिल होम्सकाे आपत्ति | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

घरजग्गा कारोबारमा उच्च व्याजदर तोकेको भन्दै सिभिल होम्सकाे आपत्ति

काठमाडौं, ३१ जेठ । सरकारले घरजग्गा कारोबारमा उच्च व्याजदर तोकेको भन्दै सिभिल होम्सले आपत्ति जनाएको छ । सिभिल होम्सले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरजग्गा व्यवसाय मारमा पर्ने गरी सरकारले बैंकिङ व्याजदर तोकिदिएको भन्दै आपत्ति जनाएको हो ।

कित्ताकाट बन्द गर्ने, हदबन्दी लगाउने तथा बैंकको लोन प्रवाहमा उच्च व्याजदर तोक्ने सरकारको निर्णयले आफूहरु मारमा परेको भन्दै त्यस्तो व्यवस्था तत्काल हटाउन पनि माग गरिएको छ ।

बैंकिङ व्याजदर समेत उच्च बनाउने सरकारले निर्णयले आफूहरु मारमा परेकाले त्यसलाई तत्काल हटाउन सरकारसँग माग गर्नु परेको सिभिल होम्सका प्रवक्ता भीम खरेलले स्पष्ट पारे ।

सरकारले घरजग्गा व्यवसायीहरुले दिएको सुविधालाई ध्यानमा राखेर ती व्यवसायीहरुलाई अघि बढ्न सहज वातावरण बनाउनुपर्ने प्रवक्ता खरेलको तर्क छ । सिभिल होम्सले काठमाडौं उपत्यका भित्र थुप्रै घरहरु निर्माण गरी खरिदकर्तालाई हस्तान्तरण गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);