स्थानीय तहमा कर्मचारी नहुँदा कामकाज प्रभावित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

स्थानीय तहमा कर्मचारी नहुँदा कामकाज प्रभावित

karmachari

मदन विश्वकर्मा,
बाजुरा , ३० जेठ । बाजुराका अधिकांश स्थानीय तहमा कर्मचारी नहुँदा कामकाज प्रभावित भएको छ । स्थानीय तहमा कर्मचारी, कानुन र भवनको अभावमा सेवाग्रहीले सेवा पाउन सकेका छैनन् ।

निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको बाचा अनुसार काम नगरेको भन्दै बाजुराका स्थानीयले असन्तुष्टि जनाएका छन् ।सडक, विजुली, खानेपानी लगायतका विकासका काममा जनप्रतिनिधिले चसो नदिएको उनीहरुले आरोप लगाएका छन् ।

बाचा अनुसार एक बर्षमा काम गर्न नसकेको स्वीकार गर्दै जनप्रतिनिधिले कर्मचारी कानुन र भवनको अभावले काम गर्न कठिन भएको बताएका छन् । स्थानीय तहमा तत्काल कर्मचारी, कानुन र भवनको व्यवस्थापन गरी कामकाज प्रभावकारी बनाउनु आवश्यक छ ।