लिफ्टिङ्ग खानेपानी आयोजना निर्माणको तीव्रता | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

लिफ्टिङ्ग खानेपानी आयोजना निर्माणको तीव्रता

lifting khane pani

काठमाडौं, ३० जेठ । पाल्पा तानसेन–कालीगण्डकी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माणले तीव्रता लिएको छ ।

आगामी मंसिर भित्र तानसेन बजारमा खानेपनी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ । अहिलेसम्म ३८ प्रतिशत काम सकिएको आयोजनाको भनाइ छ । तानसेनमा दैनिक २५लाख लिटर खानेपानीको माग छ । खानेपानी योजना निर्माण भएपछि दैनिक एक घण्टामा १ लाख ३८ हजार लिटर पानी पुग्ने आयोजनाको भनाइ छ ।

४० करोडको लागतमा कालीगण्डकी खानेपानी योजना बनाउन लागिएको हो । अहिलेसम्म २५ करोड १९ लाख बराबरको काम भइरहेको छ ।

ताजा समाचार