नमुना दुध जाँच गर्दा भेटियो कष्टिक सोडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नमुना दुध जाँच गर्दा भेटियो कष्टिक सोडा

khadya bibhag

काठमाडौं, २९ जेठ । सरकारले हिजो संकलन गरेको ४२ वटा नमुना दुध प्रयोगशालामा जाँच गर्दा ४० वटा नमुना दुधमा कष्टिक सोडाजस्ता न्युट्रलाइजर राखेको पाइएको छ । काठमाडौंका २४ वटा डेरीहरुको ४२ वटा नमुना संकलन गरि प्रयोगशालामा जाँच गर्दा ४० वटा नमुना दुधमा न्युट्रलाइजर राखेको प्रतिवेदन आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हिजो आफू मातहतकै दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुमाथि अनुगमन गरेर गुणस्तर परिक्षणका लागि २४ वटा डेरीहरुको नमुना संकलन गरेको हो । तीमध्ये १७ वटामा चिल्लोको मात्रा कम भएको र ९ वटामा चिल्लोबाहेक अन्य ठोस वस्तुहरु कम भएको प्रतिवेदनले देखाएको विभागले जनाएको छ ।

न्युट्रलाइजर दुधमा प्रयोग गर्न नमिल्ने अर्थात कानुन अनुसार प्रतिबन्धित भएकाले गुणस्तरहीन प्रमाणित भएमा खाद्य ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विभागले बताएको छ ।

त्यस्तै विभागले दुधमा कोलिर्फम जस्ता जिवार्णुहरु छ या छैन भन्नेबारे ७२ घण्टासम्म प्रयोगशालामा परीक्षण गर्नका लागि राख्नुपर्ने भएकोले प्रतिवेदन आउन केही दिन लाग्ने जनाएको छ । प्रयोगशाला प्रतिवेदन नआएसम्मका लागि धुलो दुधको गोदाम बन्द गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);