मन्त्रीको छापापछि दूधको बिक्री घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्रीको छापापछि दूधको बिक्री घट्यो

milk

काठमाडौं, ९ असार । कृषि मन्त्री चक्रपाणी खनालले एकै दिन ३० वटा डेरीमा छापा मारेर ४२ वटा नमुना संकलन गरेका थिए । त्यही संकलित नमुनामा दूधमा मानव स्वास्थ्यलाई हानिकारक हुने सोडियम बाई कारबोनेट ‘सोडा’ भेटिएको थियो । त्यही रिपोर्ट सार्वजनिक भएसँगै उपभोक्ताले पाकेटको दूधको प्रयोग गर्न छाडेका छन् । जसका कारण दूध बिक्न छोडेको डेरी संचालकहरुले जनाएका छन् ।

कृषिमन्त्रीको अनुगमनमा संकलित नमुनामा अखाद्य बस्तु फेला परेसँगै उपभोक्तामा त्रास बढेको छ । जनस्वास्थमा प्रतिकुल असरपर्ने बस्तु दूधमा मिसावट भएको रिपोर्ट सार्वजनिक भएसँगै उपभोक्ताले प्याकेटको दूधको प्रयोग नैं कम गरिदिएका छन् । जसका कारण राम्रो दूधवेचिरहेका डेरी उद्योग समेत संकटमा परेका छन् ।

प्याकेटको दूधको मागलाई अहिले खुल्ला विक्रि गरिेने डेरीको दूधले पुरा गरिरहेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने दुधमा समेत मिसावट गर्नेलाई कडा कारवाही हुनुपर्ने उपभोक्ताको माग छ ।

मन्त्री खनालको टोलीले गरेको अनुगमनले संकलन गरेको ४२ वटा नमुना दूध प्रयोगशालामा जाँच गर्दा ४० वटा नमुना दूधमा कष्टिक सोडाजस्ता न्युट्रलाइजर राखेको पाइएको थियो । तीमध्ये १७ वटामा चिल्लोको मात्रा कम भएको र ९ वटामा चिल्लोबाहेक अन्य ठोस वस्तुहरु कम भएको प्रतिवेदनले देखाएको विभागले जनाएको छ । न्युट्रलाइजर दूधमा प्रयोग गर्न नमिल्ने अर्थात कानुन अनुसार प्रतिबन्धित भएकाले गुणस्तरहीन प्रमाणित भएमा खाद्य ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विभागले बताएको छ ।

नेपालमा दूधमा सोडा मिसाउन अवैधानिक मानिन्छ । सोडा दूध फाट्नबाट जोगाउन प्रयोग गरिनेभएपनि मात्र ठिक नहुँदा जनस्वास्थ्यका लागि हानिकारक हुन्छ । दूध बालबालिका, बृद्ध तथा विरामीले खाने भएपनि दूधआफैमा अस्वस्थ् हुँदा त्यसले पार्ने असरका कारण दूधको विकल्पमा मानिसको सोच जान सक्छ । त्यसो भयो भने २० अर्व लागनीके डेरि क्षेत्र त संकटमा पर्छ नैं सँगै अबैं रुपैया विदेशीने खतरा हुन सक्छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);