राजमार्ग छेउमा निर्माण सामाग्री राख्दा दुर्घटनाको जोखिम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राजमार्ग छेउमा निर्माण सामाग्री राख्दा दुर्घटनाको जोखिम

विमल जैरु

डडेल्धुरा, २८ जेठ । डडेल्धुराका विभिन्न राजमार्ग छेउमा ठेकेदारले निर्माण सामाग्री राख्दा दुर्घटनाको जोखिम बढेको छ । निर्माण सामाग्रीका कारण सवारी साधन चलाउन कठिन भएको चालकहरुको भनाइ छ ।

डडेल्धुराको भिमदत्त राजमार्गको भातकाँडादेखि स्याउले बजार र केआई सिंह राजमार्गको स्याउले बजारदेखि रडुवासम्मको छेउमा ठेकेदारहरुले निर्माण सामग्री राखेका छन् । राजमार्ग छेउमा निर्माण सामाग्री राख्दा दुर्घटनाको जोखिम बढ्नुकासाथै सवारी साधन चलाउन चालकलाई कठिन भएको छ ।

सडक छेउमा निर्माण सामाग्री नराख्न अमरगढी नगरपालिकाले पत्रचार गरेपनि व्यवसायीले अटेर गरेका छन् । नगरपालिकाले राजमार्ग क्षेत्रमा राखिएको निर्माण सामाग्री हटाउन सुरु गरेको छ ।

व्यवसायीले ढुंगा, वालुवा, गिट्टी लगायतका निर्माण सामाग्री सडक छेउमा राख्दा पैदल यात्रुलाई हिड्न कठिन भएकोछ । जथाभावि निर्माण सामाग्री राख्ने व्यवसायीलाई कार्बाही गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);