विश्व नम्बर एक राफायल नाडालले ११ औं पटक जिते फ्रेन्च ओपन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

एजेन्सी, २८ जेठ । विश्व नम्बर एक राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

स्पेनका नाडालले गएराति भएको खेलमा अष्ट्रेलियाका डोमिनिक थिमलाई ३–० को सोझो सेटमा पराजित गरी ११ औं पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् । पहिलो सेट ६–४ ले जितेका नाडालले दोस्रो सेट ६–३ तथा तेस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारे । १७ औं पटक ग्राण्ड स्लाम उपाधि जितेका नाडालको यो वर्षको दोस्रो ग्राण्ड स्लाम उपाधि हो ।

३२ बर्षीय नाडालले सन् २००५ मा पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका थिए । त्यसयता सन् २००९, २०१५ र २०१६ वाहेकका वर्षमा फ्रेन्च ओपनको उपाधि नाडालको नाममा छ । फ्रेन्च ओपनको उपाधि ११ औं पटक जित्नु आफ्ना लागि सपनाजस्तै भएको नाडालले बताए ।

११ पटक एउटै ग्राण्ड स्लामको उपाधि यसअघि मार्गरेट कोर्टले जितेकी थिइन् । नाडालले उपाधि उचाल्दा पेरिसस्थित रोल्याण्ड ग्यारोसमा उपस्थित दर्शकले गडगडाहट तालीले बधाइ दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);