वीरगन्ज, २४ जेठ । वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा रहेको मेसिनमा आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको छ । व्यवस्थापक कम्पनी हिमालयन टर्मिनलको लापरबाहीले बन्दरगाहमा आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको हो ।
विगत ६ महिनादेखि मेसिनको आइम्याक्स र फायर फाइटिङ्ग बिग्रीएको थियो । तर कम्पनीले समयमै मेसिन नबनाउँदा आगलागी भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख उज्जवलकुमार झाले बताए । आगलागीमा परेर भारतीय नागरिक सुशिल राउत घाइते भएका छन् ।