रुपन्देही, २३ जेठ । सरकारले कृषकहरुका लागि बिउ, मलखाद औजार लगायतका बस्तु समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रुपन्देहीको बुटवलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सरकारले कृषकहरुलाई बिउ र मलखाद समयमा उपलब्ध गराउने नसकेको स्वीकार गर्दै अब समस्या समाधान हुने दाबी गरे ।
कृषकहरुका लागि हरियो कार्डको व्यवस्था गरी उचित अनुदान, लोन तथा अन्य सुविधा उपलव्ध गराउने बताउदै मन्त्री खनालले कृषि क्षेत्रको सन्डिकेट पनि अन्त्य गर्ने दाबी गरे ।