कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु

ललितपुर, ६ बैशाख । सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमकाबीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए ।

नेपाल सरकार, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, स्वीस विकास नियोगको गरी कूल ६८ मिलियन डलर बजेटमा संचालन हुने सो कार्यक्रमको अवधि ६ वर्षको रहेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पु-याउने चुनौतिको कामना गरेर अघि बढ्न सरोकारवाला सबै निकायलाई सचेत गराए । उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी सो कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सरकारले यस अघि पनि कर्णाली प्रदेशका ती जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरिसकेको छ । तर सो कार्यक्रम लक्षित समूदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अवको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);