पर्सा, २३ जेठ । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय ३१ लाख ८० हजार नगद सहित २ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । भारतका चित्तरञ्जन प्रसाद र रोहित केशरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा लुकाएर ल्याएको ३१ लाख ८० हजार नगद सहित दुई जनालाई पक्राउ गरिएको हो । दुबै जनालाई पर्सा प्रहरीले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।




