त्रिभुवन विश्वविद्यालयमा पञ्चायतदेखिको १३ अर्ब ८ करोड बेरुजु | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

काठमाडौं, २ भदौ । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फछ्र्योट नहुँदा आर्थिक वर्ष ०७३–७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । त्रिविले बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ।

 

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फछ्र्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३–७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो।

 

रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए । त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो । आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ।

 

केही वर्षयता त्रिविले बेरुजु फछ्र्योटको प्रयास गरेको छ । बेरुजु फछ्र्योट तथा अनुगमन समितिको तथ्यांकअनुसार आव ०७२–७३ मा कुल १२ अर्ब ५७ करोज ३० लाख ५० हजार रुपैयाँ बेरुजु रहेको थियो । गत आवमा एक अर्ब ५९ करोड ३० लाख ५८ हजार फछ्र्योट भएको थियो । सो आवसम्मको बाँकी १० अर्ब ५७ करोड ९९ लाख ९२ हजार रहेकामा ४३ करोड ८७ लाख ९१ हजार संपरीक्षणका क्रममा रहेको त्रिविले जनाएको छ।

 

०७३–७४ मा पुनः बेरुजु दुई अर्ब १० करोड ३९ लाख ४१ हजार थप भई १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको हो । त्रिविले आव ०७२–७३ मा पेस्की फछ्र्योटतर्फ २७ करोड तीन लाख ४७ हजार दुई सय २८ रुपैयाँ असुलउपर गरेको थियो । त्रिविले अब बेरुजु र पेस्कीको मात्रा न्यून गर्नेसमेत जनाएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);