नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि मुनाफामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फुलमाया आले, काठमाडौँ, १ भदौ । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि मुनाफामा गएको छ ।

प्राधिकरणको ३२ औँ वार्षिकोत्सव समारोहमा गत आर्थिक वर्ष ०७३र ०७४ मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन भएको जानकारी गराइएको हो । प्राधिकरण आर्थिक वर्ष ०७२ र ७३मा ३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो । प्राधिकरणको खूद नोक्सानी पनि १ अर्ब भन्दा कम भएको प्राकिरणको प्रमुख कुलमान घिसिङले जानकारी दिनुभयो ।

विद्युत चुहावट न्यूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको निर्देशक घिसिङले बताउनु भयो । प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्रले परस्पर सहयोग, समन्वय गरी लगानी गर्न अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताउनुभयो ।परम्परागत सेवा प्रवाह र व्यवस्थापनमा सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाइ भइसकेको भन्दै मन्त्री शाहीले यसतर्फ प्राधिकरणलाई क्रियाशील हुन निर्देशन दिएका छन् ।

नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो । प्राधिकरण खुद घाटाबाट भने बाहिर निस्किन सकेको छैन । प्राधिकरण गतवर्ष नाफामा गएपनि अहिलेपनि यसको सन्चिती नोक्सानी ९७ करोड ८९ लाख रहेको छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रहेको थियो ।२०५९देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);