रुकुममा जनवादी भनिएका विद्यालय अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुकुममा जनवादी भनिएका विद्यालय अलपत्र

मेगराज खड्का
रुकुम, २२ जेठ । तत्कालिन नेकपा माओवादीले जनयुद्धको समयमा रुकुममा जनवादी विद्यालय संचालन गरेको थियो । तर माओवादी शान्ति प्रक्रियामा आएपछि जनवादी भनिएको विद्यालय अलपत्र भएको छ ।

माओवादी पटक पटक सरकारमा पुगेपनि विद्यालयको संक्षणमा चासो नदिएको स्थानीयको भनाइ छ । २०६१ सालमा  रुकुमको मोराबाङ क्याङ्सीमा तत्कालिन माओवादीले जनवादी विद्यालय संचालन गरेको थियो ।

माओवादीले आफ्ना नेता कार्यकर्ता, जनसेना, सहिद, घाइते, अपाङ्ग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालिन पोलिटव्युरो सदस्य सुरेश आले बासुको नामबाट सहिद बासु स्मृति नमुना आधारभूत बिद्यालय खोलेको हो ।

तर माओवादी शान्ति प्रक्रियामा आएपछि जनवादी भनिएको विद्यालय अलपत्र भएको छ । माओवादी पटक पटक सरकारमा पुगेपनि विद्यालयको संक्षणमा चासो नदिएको स्थानीयको भनाइ ।

सो विद्यालयमा १ सय ११ जना विद्यार्थीहरु अध्ययनरत रहेको थिए । विद्यालयमा क कलम, ख खुकुरी र ब बन्दुक, ए फर आर्मी, बि फर ब्लास्ट, जि फर गन र आर फर राईफल जस्ता शब्दबाट पढाइ हुने गरेको थियो ।

विद्यालयको सम्पूर्ण खर्च तत्कालिन माओबादी कार्यालयले दिने गरेको थियो । तर आर्थिक अभाव भएपछि सो विद्यालयलाई सरकारी विद्यालयमा गाभियो । अहिले सो विद्यालयमा माओवादी नेता कार्यकर्ताका छोराछोरीले समेत पढ्न छोडेका छन् । स्थानीयले विद्यालयको संरक्षण गर्न माग गरेका छन् ।

तत्कालिन माओवादी टुटफुट भएर छिन्नभिन्न भएपछि विद्यालयको संरक्षण कसले गर्ने भन्ने विवाद उल्झिएको छ । तर सरोकारवालाले ऐतिहासिक विद्यालय भएकाले संरक्षण गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);