सशस्त्र द्वन्द्वमा ध्वस्त भएको अछाम दरबार पुनःनिर्माण हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सशस्त्र द्वन्द्वमा ध्वस्त भएको अछाम दरबार पुनःनिर्माण हुन सकेन

शुशिल भण्डारी
अछाम, ११ फागुन । तत्कालिन नेकपा माओवादीले शसस्त्र द्वन्दको समयमा ध्वस्त बनाएको अछाम दरबारको पुनःनिर्माण हुन सकेको छैन । दरबार ध्वस्त भएको १६ बर्षसम्म पनि पुनः निर्माण हुन नसकेको हो । यो बीचमा माओवादी पटक पटक सरकारमा गएपनि दरबार बनाउन चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

२०५८ साल फागुन ४ गते तत्कालिन नेकपा माओवादीले आक्रमण गर्दा अछाम दरबार ध्वस्त भएको हो । दरबार ध्वस्त भएको १६ बर्ष बित्यो तर पुनः निर्माण हुन सकेको छैन् । शान्ति प्रक्रियामा आएपछि माओवादी पटक पटक सरकारमा पुग्यो तर दरबार बनाउन चासो नदिएको स्थानीयको गुनासो छ । १६ बर्षं अगाडिको त्यो कहालीलाग्दो आक्रमणमा १ सय २२ जनाको मृत्यु भएको थियो । त्यो कहालीलाग्दो रात अझै पनि स्थानीयले बिर्षन सेकका छैनन्।

अछामाको धरोहरको रुपमा रहेको दरबार बनाउन ठेकेदारको ढिलासुस्ती र बजेटको अभावले निर्माणमा ढिलाई भएको भन्दै सम्बन्धित निकाय नै पन्छिएको छ । दरबार पुनर्निर्माणको काम २०६५ सालमै सुरु भएको हो तर विभिन्न बहानामा निर्माणको काम अवरुद्ध हुँदै आएको छ । ऐतिहासिक अछाम दरबार पुरानै शैलीमा छिटो सम्पन्न गर्न स्थानीयको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);