'नेपाल स्वच्छ वातावरण' महाअभियानसँगै विश्व वातावरण दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

‘नेपाल स्वच्छ वातावरण’ महाअभियानसँगै विश्व वातावरण दिवस मनाइयो

environment-day-kp-oli

प्रतिक्षा शर्मा
काठमाडौं, २२ जेठ
। ‘प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके पुनः प्रयोग, नसके वहिष्कार गरौं’ भन्ने नाराकासाथ विश्व वातावरण दिवस मनाइएको छ । दिवसको अवसर पारेर सरकारले ’नेपाल स्वच्छ वातावरण ’ महाअभियान सुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस मनाउने घोषणा गरेको थियो । ’प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ भन्ने नाराकासाथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि विश्व वातावरण दिवस मनाइयो । साथै दिवसको अवसर पारेर सरकारले स्वच्छ वातावरण महाअभियान सुरु गरेको छ । महाअभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरे ।

वातावरण प्रदुषण बढ्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले दिगो विकासका लागि वातावरण प्रभाव मूल्याकन गरी वातावरण विनाश हुनबाट रोक्नुपर्नेमा जोड दिए । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउने नभइ बाढीपहिरो, सुक्खालगायतका प्रकोपको सम्भावनासमेत बढाउने भएकाले वातावरण संरक्षणमा सबै सजग हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वातावरणीय सन्तुलनलाई कायमै राखेर दिगो विकास गर्न सरकार सचेत रहेको स्पष्ट पारे ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणको माध्यामबाट प्रदुषणबाट मुक्ती र मुलुकभर हरियाली प्रवद्र्धन गर्न सरकारले ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ नै संचालन गरिएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलगायतले वातावरणलाई स्वच्छ राख्ने अभियानमा सबैलाई साथ दिन आग्रह गरे ।

स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा वातावरण संरक्षण गर्नु सबैको दायीत्व हो । सरकारको मात्र मुख ताकेर बस्ने नभइ सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने सरकारले सुरु गरेको ’नेपाल स्वच्छ वातावरण’ महाअभियान सर्थकता पाउन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);